धरान, २८ माघ ।
ऐतिहासिक किराँतकालीन दरबारस्थल रहेको धरानको बिजयपुर क्षेत्रमा पुरातत्व विभागले अवलोकन गरेको छ । विजयपुरको वनक्षेत्रमा धरान खानेपानी आयोजनाको टंकी बनाउने विषयमा जातिय संस्थाहरुसंग धरान उपमहानगरपालिकाले गरेको सहमति प्रति असन्तुष्ट पक्षले विवाद गरिरहेका बेला पुरातत्व विभागका पूर्वाञ्चल क्षेत्रीय प्रमुख चन्द्रप्रसाद अधिकारीले उक्त स्थलको अवलोकन गरेका हुन् । यसअघि विवादको क्रममा आन्दोलनकारीका तर्फबाट किरात याक्थुङ चुम्लुङले विभागमा निवेदन दिएको थियो । अवलोकनमा अधिकारीसँगै संघर्ष समितिका पदाधिकारीहरु सहभागी थिए ।