तेह्रथुम, २८ माघ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकामा धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले धार्मिक महत्वको सभापोखरी निर्माण गरिएको छ ।
धनकुटा र तेह्रथुमको सीमा चित्रे बजारवासीले स्थानीय पटेक डाँडामा पोखरी निर्माण गरी संखुवासभाको सभापोखरीबाट जल ल्याएर पोखरीमा हालेका छन । लालीगुराँस नगरपालिका, नयाँ शहर आयोजना वसन्तपुर र स्थानीय जनश्रमदान समेत गरी २५ लाख रुपैंयाको लागतमा पोखरी निर्माण गरी घेरावारा गरिएको जनाइएको छ । पोखरी निर्माण पछि दर्शनका लागि एक हप्ता लगाएर संखुवासभाको हिमाली क्षेत्र सभापोखरी पुग्नु पर्ने वाध्यता हटेको स्थानीयले बताएका छन ।