जहदामा निर्माणधिन दुर्गा मन्दिर रकम अभावले अवरुद्ध

<span class='c1'>जहदामा निर्माणधिन दुर्गा मन्दिर</span> <span class='c2'>रकम अभावले अवरुद्ध</span>

विराटनगर, २२ माघ ।
मोरङको जहदा गांउपालिका–४ मा निर्माणाधिन दुर्गा मन्दिरको निर्माण रकम अभावका कारण अवरुद्ध भएको छ ।
जहदा गांउपालिका र कटहरी गाउँपालिकाको सिमामा रहेको दुर्गा मन्दिरको भवन जीर्ण भएपछि त्यसलाई स्थानान्तरण गर्न शुरु गरिएको निर्माणको काम रकम अभावमा अवरुद्ध भएको हो । २०७३ साल बैशाखमा शिलान्यास गरिएको नयाँ मन्दिरको निर्माणमा ७० लाख खर्च लाग्ने अनुमान गरिएको थियो । तर हालसम्म मन्दिरको पिलरको कामसमेत सम्पन्न हुन सकेको छैन । १४ लाखको निर्माण कार्य भएको जहदा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य एवम मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण गिरिले जानकारी दिए । रकम अभावकै कारण निर्माण कार्य अघि बढाउन नसकिएको उनको भनाइ छ ।
मन्दिर निर्माण गर्न सांसद उषा यादवको संसदीय कोषबाट ५ लाख र मन्दिर निर्माणकै उद्देश्यले आयोजित पुराणबाट संकलित ९ लाखसमेत गरेर हालसम्म १४ लाखको निर्माण कार्य भएको जनाइएको छ । शिलान्यास अघि दाताहरुले स्वीकार गरेका रकम प्राप्त भइनसकेको र सरकारी स्तरबाट समेत सहयोग रकम प्राप्त नभएकाले तत्कालका लागि निर्माण कार्य रोकिएको निर्माण समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्