बुढासुब्बा फुटबलको उपाधि थ्री स्टारलाई

<span class='c1'>बुढासुब्बा फुटबलको उपाधि</span> <span class='c2'>थ्री स्टारलाई</span>

धरान २८ माघ ।
२० औँ बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लब काठमाडौले हात पारेको छ । धरान फुटबल क्लब धरानको आयोजनामा सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले हात पारेको हो । फाइनल खेलमा पहिलो हाफको ईन्जुरी समयको छैठौं मिनेटमा थ्रिस्टारका विदेशी खेलाडी अजय मार्टिनले गरेको गोलनै निर्णायक बनेको थियो । रञ्जित धिमालको फ्रि किकलाई सदुपयोग गर्दै मार्टिनले हानेको बलले जाली चुमे पछि थ्रि स्टार उपाधि जित्न सफल भएको हो । फाइनल खेलको म्याद अफ द म्याच गोलकर्ता मार्टिन घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिएको छ । थ्रीस्टारले उपाधि सहित ६ लाख रुपैया नगदसहित ट्रफि हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको नेपाल पुलिस क्लबले ३ लाख रुपैया नगदसहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगिताको हाईस्कोरर बन्दै थ्रि स्टारका निराजन खड्का उत्कृष्ट खेलाडी घोषित भए । उनलाई २५ हजार नगदसहित यामाहाको मोटरसाईकल प्रदान गरिएको छ । त्यसैगरी व्यक्तिगत तर्फ वेष्ट गोलकिपर थ्रिस्टारका ऐलन न्यौपाने घोषित हुँदा बेस्ट डिफेन्स लावा ओलावे, वेस्ट कोच मेघराज केसी घोषित भएभने बेस्ट मिडफिल्ड पुलिसका सुमन लामा र बेस्ट स्ट्राईकर पुलिसकै रेजिन सुब्बा घोषित भए । प्रतियोगितामा राईजिङ प्लेयर धरान फुटबल क्लबका रोमन लिम्बु घोषित भए । उनीहरुलाई जनही २५ हजार रुपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्