हराएको पाँच दिनपछि युवती भारतमा फेला परिन

हराएको पाँच दिनपछि युवती भारतमा फेला परिन

कञ्चनपुर, माघ २८ गते । कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।

पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।
परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो ।
फेला परेकी लक्ष्मीको उद्वार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्