तेह्रथुमका सबै स्थानीय तह अपाङगमैत्री

<span class='c1'>तेह्रथुमका सबै स्थानीय</span> <span class='c2'>तह अपाङगमैत्री</span>

तेह्रथुम, २९ माघ ।
तेह्रथुमका सबै स्थानीय तहमा अब बन्ने भवन अपांगमैत्री बन्ने भएका छन् । जिल्लाको सदरमुका म्याङलुङ्गमा आज भएको एक कार्यक्रममा अपांगमैत्री भवन बनाउन जनप्रतिनिधि सहमत भएका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले अपाङ्गता भएका मानिसको हकअधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति शिव ढुङ्गानाले स्थानीय तहमा वन्ने भवनहरु अपाङ्गमैत्री बनाउन पहल गर्ने बताए । म्याङलुङ्ग नगरपालिकाका मेयर संजय तुम्वाहाम्फेले बन्दै गरेको नगरपालिकाको भवन अपांगमैत्री बनाउन आफूले सुरु गर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सरकारी कार्यालय पनि अपाङ्गमैत्री बनाउने बताए । कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत सन्ध्या पुडासैनी र चिरिन्जीवी कोइरालाले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्