प्रदेशका सांसदहरुलाई जग्गा उपलब्ध गराउने निर्णय प्रकरण : साना दलको आपत्ती

प्रदेशका सांसदहरुलाई जग्गा उपलब्ध गराउने  निर्णय  प्रकरण : साना दलको आपत्ती

हेटौडा, २९ माघ ।
हेटौडा उपमहानगरपालिकाले आफ्नो प्रदेशका सांसदहरुलाई उपलब्ध गराउने भनेको जग्गाप्रति साना दलले आपत्ती जनाएका छन् ।
३ नम्बर प्रदेशको बैठकमा बोल्ने साना दलका सांसदहरुले सांसदहरुलाई उपलब्ध गराउने उपहार स्वरुपको जग्गा र राजधानीको विषय विनिमय हुन नसक्ने भन्दै त्यसको चर्को विरोध गरेका हुन् । सांसदहरुले आफुहरुलाई उपहार स्वरुप जग्गा उपलब्ध गराउनुको सट्टा प्रदेशका १३ वटै जिल्ला र विशेष गरेर मकवानपुरमा नै बनकरिया, चेपाङ लगायत कयौ लालपुर्जा विहिन सुकुम्बासीको समस्या सम्बोधन गर्न ध्यानाकर्षण गराए । राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले १ सय १० प्रदेश सांसदहरुलाई उपलब्ध गराउने भनिएको जग्गा १ सय १० जना सुकुम्बासीलाई प्रदान होस् भन्ने प्रस्ताव गरे ।
राप्रपाकी सांसद रिता माझीले बनकरिया र चेपाङ जाति तथा लालपुर्जा नभएका वासिन्दाका लागि सकारात्मक निर्णय गर्न ध्यानाकर्षण गराए । जग्गा दिदैमा हेटौडालाई स्थानीय राजधानी बनाउने निर्णय गर्न नसकिने भन्दै उनले राजधानी बनाउने सवालमा जग्गा सुविधालाई दाँजेर हेर्न नमिल्ने तर्क गरे । हेटौडा उपमहानगरपालिकाले केही दिन अघि आफ्ना प्रदेशसभा सदस्यका लागि पायक पर्ने स्थानमा ५ बर्षे किस्तामा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्