छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

विराटनगर, २९ माघ ।
झापाको छुट्टाछुट्टै स्थानमा हिजोसाँझ भएको सवारी दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ। अन्य तीन जना घाइते भएका छन् । मेचीनगर नगरपालिका १५ मिलन चौकमा मे १ त ४०९४ नम्बरको ट्याक्टरले मे २ प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार मेचीनगर नगरपालिका १५ बस्ने १७ वर्षीय मुक्तिराज थिङलाबु (लिम्बु) को घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय कृष्ण श्रेष्ठ गम्भीर घाइते भएका छन्। श्रेष्ठको ओमसाई पाथिभरा अस्पतालाम उपचार भई रहेको छ भने ट्याक्टर चालक प्रहरी चौकी ज्यामिरगढीको नियन्त्रणमा छन्।
यता शिवसताक्षी नगरपालिका १० किराँत चौकमा प्रहरीको क्युआरटी मोटरसाइकलसंग अर्को मोटरसाइकल ठोक्किंदा एक जनाको ज्यान गएको छ भने प्रहरीसहित दुई जना घाइते भएका छन्। गस्तीमा रहेको बा २ ब ११६२ नम्बरको मोटरसाइकलसंग भारतीय नम्बर युपि–३२–जियु–४६७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ईलाम नगरपालिका ३ बस्ने २६ वर्षीय गंगा गुरुङको मृत्यु भएको छ । मोटरसाइकल पछाडी सवारी ईलाम फाकफोकथुम गाउँपालिका ६ बस्ने १८ वर्षीया टिका गुरुङ र प्रहरी सहायक निरीक्षक रेवत प्रसाद दाहाल घाइते भएका छन। उनीहरुको विएण्डसी अस्पतालमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्