श्रीमतीको हत्या गरेको आशंकामा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आशंकामा श्रीमान पक्राउ

डोटी, २९माघ ।   श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले अछामको कमलबजार नगरपालिका –२, का ३५ वर्षीय केशव खड्कालाई पक्राउ गरेको छ । ३३ वर्षीया पवित्रा खडका आइतबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा श्रीमान केशव खड्कालाई पक्राउ गरेको हो । मृतक पवित्राको टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट देखिएकोले उनको मृत्यु नभई हत्या भएको हुन सक्ने आशंकामा श्रीमानलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो ।

डिएसपी न्यौपानेका अनुसार शव नजिकै चिर्पट पनि भेटिएकाले चिर्पट प्रहार गरेर हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनु भएको छ । मृतक खड्काका दुई छोरा र दुई छोरी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्