संस्थाका निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम र्याली हुने जानकारी दिए । र्यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने उनले बताए ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिए । (रासस)