एमाले -माओवादी पार्टी एकता र सरकार गठनमा सहमति नजिक

एमाले -माओवादी  पार्टी एकता र सरकार गठनमा सहमति नजिक

काठमाडौं, २९माघ । एमाले र माओवादी केन्द्रका अध्यक्षहरु पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन् ।

दुई अध्यक्षहरुबीच ललितपुरको मानभवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पार्टी एकता र सरकार गठनका लागि सहमति नजिकै पुगेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । अध्यक्ष अ‍ोलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै जना अध्यक्षले एक्लाएक्लै आज झण्डै २ घण्टा छलफल भएको र छलफल सहमतिको नजिकै पुगेको दावी गर्नुभयो ।

दुवै अध्यक्षहरुबिच भोलि फेरि एक्लाएक्लै बैठक बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता र सरकार गठनको विषय टुंग्याउने सहमति पनि भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्