प्रदेश सरकार संचालनको लागि १ नम्वर प्रदेशमा मन्त्रालय राख्ने काम तिब्र

प्रदेश सरकार संचालनको लागि  १ नम्वर प्रदेशमा मन्त्रालय राख्ने काम तिब्र

प्रेम देवान
विराटनगर २९ माघ । प्रदेश सरकार संचालनको लागि मन्त्रालय राख्ने काम शुरु भएको छ । १ नम्वर प्रदेशको आन्तरिक मामिला तथा कानुुन मन्त्रालय संचालनमा आएको हो । १ नम्वर प्रदेशका प्रमुुख सचिव यादव कोइरालाले विधिवत रुपमा मन्त्रालयको उद्घाटन गरे । विराटनगर स्थित सोमवारे हाटमा रहेको खाद्य तथा गुण नियन्त्रण कार्यालयको प्रसाशानिक भवनमा मन्त्रालय संचालनमा आएको हो ।
१ नम्वर प्रदेशमा सातवटा मन्त्रालय सञ्चालनका लागि तयारी भईरहेको छ । त्यसमध्ये मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित चारवटा मन्त्रालय स्थापना भई सकेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव सन्तोष श्रष्ठले जानकारी दिए । वाँकी ३ वटा मन्त्रालय पनि केहिदिन भित्रै संचालनमा ल्याउनेगरी तयारी भइरहेको श्रेष्ठले बताए ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुुन मन्त्रालय, उद्योग पर्यटन तथा वातावरण मन्त्रालय र भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय स्थापना भएका छन । आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार तथा विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय संचालनको तयारीमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्