अन्मिएको ५ घण्टा नबित्दै छोरा जन्माएपछि माइती फर्काइएकी बेहुली प्रेमीको घरमा

<span class='c1'>अन्मिएको ५ घण्टा नबित्दै  छोरा</span> <span class='c2'>जन्माएपछि माइती फर्काइएकी बेहुली प्रेमीको घरमा</span>

लहान,  २९ माघ ।  माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएकी बेहुलीलाई प्रेमीको घर भित्र्याइएको छ।  सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फकाइएपछि शनिबार गाउँलेहरूले प्रेमी शैलेन्द्र रामको घरमा भित्र्याएका हुन्। 

सिरहाको बरियारपट्टि गाउँपालिका– ३ शिवनगरका रामबली रामकी छोरी शोभा विवाहमा आफूसँग गएका लोकन्तीहरूसँगै शिशुसहित माइती गाउँ फर्किएको भोलिपल्ट गाउँलेहरूले प्रेमी शैलेन्द्रको घर भित्र्याएका हुन्। रामवलीका छिमेकी बहादुर रामका छोरा शैलेन्द्रले शोभाको शिशु सकारेपछि घर भित्र्याएको एक गाउँलेले जानकारी दिए।  करिब ४ महिनाअघि नै वैदेसिक रोजगारीका लागि खाडी मुलुक कतार गएका शैलेन्द्रलाई घरबाट त्यसको विषयमा फोनमाार्फत् सोधखोज गर्दा ‘शोभासँग सम्बन्ध भएको र गर्भवती बनेको’ स्वीकारेपछि घर भित्र्याइएको जनाइएको छ।

विवाह भएको १२ घण्टा नबित्दै शिशुसहित माइती फर्काइएपछि गाउँको बद्नामी भएको र शैलेन्द्रले उच्छृङ्खलताको हद नाघेको भन्दै स्थानीय गाउँलेहरूले दुवै पक्षलाई आर्थिक जरिवाना गर्ने निर्णय गरेका छन्। गाउँलेहरूले शोभाका बाबुलाई २ लाख रुपैयाँ र शैलेन्द्रको परिवारलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको एक गाउँलेले बताए।  माइतीघर नजिकै घर भएका प्रेमी शैलेन्द्रको घरमा भित्र्याइएकी शोभा अहिले नवजात छोरासँगै बसिरहेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्