दुहवीमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु २ जना गम्भीर

दुहवीमा बसले ठक्कर दिँदा  एकजनाको मृत्यु २ जना गम्भीर

विराटनगर, १ फागुन ।
सुनसरीको दुहबीमा भएको सावारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । २ जना घइते भएका छन् । ईटहरीबाट विराटनगर तर्फं जाँदैको ना ३ ख ९८६० नम्बरको यात्रु बसले दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै तिनजनालाई ठक्कर दिएको हो । पैदलयात्री सुनसरी बराहा नगरपालिका ६ बस्ने बर्ष ६५का डेगराज रिजाल, बर्ष ३० का सन्तोष कोईराला र अर्का साईकल यात्री दुहवी ४ का बर्ष १७ का रबिन चौधरीलाई ठक्कर दिएको हो । रिजाल र कोईराला पैदलयात्री र चौधरी साईकल यात्री रहेको प्रहरीले जनाएको छ ।
घाईते तिनै जनाको बिराटनगरमा रहेको गोल्डेन अस्पताल र न्युरो अस्पतालमा उपचारका लागि ल्याईएकोमा डेगराज रिजालको गोल्डेन अस्पतालमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। अन्य २ जनाको उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्