file
सप्तरी, फागुन १ । सप्तरीमा जंगलीहा त्तीको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको ज्यान गएको छ ।  घाँस काट्न गएकी सप्तरीको कंचनरुप नगरपालिका –५, पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीया द्ुर्गीदेवी मुँखीयाको हात्तीको आक्रमणमा परि ज्यान गएको हो ।
दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीले आक्रमण गर्दा दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  धपाउने क्रममा आक्रामक भएको हात्तीले पछि फर्किएर लखेटेपछि गाउँलेबीच भागदौड मच्चिएको थियो । दुवै महिलाको टाउँको र छातीमा हात्तिले कुल्चिएको थियो ।
 लामो समयदेखि जंगली हात्तीको आंतकले गाउँले राम्रोसँग निदाउन पाएका छैनन् । स्थानीय बासिन्दा डम्बर राईका अनुसार गएको एक वर्षदेखि कञ्चनरुप नगरपालिका र आसपासका गाउँमा जंगली हात्तीले पाँच दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याउनुका साथै लाखौंको अन्नबाली समेत नष्ट गरिदिएका छन् ।
एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट यस क्षेत्रमा चार जनाको ज्यान गए पनिस्थानिय प्रशासनले नियन्त्रणको ठोस उपाय गर्न नसक्दा स्थानिय बासिन्दा आक्रोशित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस