विहेबाट फर्किँदा भिरबाट लडेर ज्यान गयो

<span class='c1'>विहेबाट फर्किँदा भिरबाट</span> <span class='c2'>लडेर ज्यान गयो</span>

भोजपुर, १  फागुन । भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भोजपुर नगरपालिका–४, सिद्धेश्वरमा चम्पीरे भन्ने भिरबाट लडेर २७ वर्षीय पूर्णबहादुर फुयाँलको ज्यान गएको हो । फुयाँल माघ २७ गते छिमेकी मोहन रम्तेलको छोरीको बिहे खाएर घर फर्किएको र दुइदिनसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतक फुयाँलको शवलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2