सुनसरी–मोरङ सिचाई आयोजनाका ज्यालादारी कर्मचारी आन्दोलित

<span class='c1'>सुनसरी–मोरङ सिचाई आयोजनाका</span> <span class='c2'>ज्यालादारी कर्मचारी आन्दोलित</span>

विराटनगर,२ फागुन ।
लामो समयदेखि सुनसरी मोरङ सिँचाई आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् ।
ज्यालादारी कर्मचारीहरुप्रति आयोजनाले बेवास्ता गरेको भन्द समस्या समाधानका लागि आयोजनासँग ८ महिनाअघि भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । सिचाई आयोजनाको सम्पूर्ण रेखदेख गर्दै आएका उनीहरुले आफ्नो उर्जाशील जीवन आयोजनामा लागाएकाले आफ्ना समस्याहरुको सुनुवाई हुनुपर्ने बताए ।
चतरास्थित पुरानो इन्टेकमा तालाबन्दी गर्दै पानी नदीतिरै फर्काएर आन्दोलनमा उत्रिएका ज्यालादारी कर्माचारीहरुले आठ महिनाअघि बासुदेव लोहनीसँग बसेर गरेको समझदारी कार्यान्वयन नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । उनीहरुले श्रम ऐन अन्तर्गत स्थायी गरिनु पर्ने तथा यसअघि भएका सम्झौता मुताविक ज्यालादारी कर्मचारीहरुलाई स्थायी नगरेसम्म आन्दोलन नरोकिने बताए ।
सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने जोखिमपूर्ण कार्यमा सक्रिय २ सय ९८ जना कर्मचारीहरुले श्रम ऐनले तोके मुताविक स्थायी गरिनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले कर्मचारीहरुको माग पुरा नभए सिचाईका सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्