धनकुटामा पनि एनसेलको टावरमा अज्ञात समूहद्वारा आगजानी

धनकुटामा पनि एनसेलको टावरमा अज्ञात समूहद्वारा आगजानी

धनकुटा । धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानीभएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि  र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेको आशंकका गरिएको छ ।

त्यसै धनकुटाको लेगुवामा रहेको भीम पौडेलको क्रसर उद्योगको डोजरमा पनि अज्ञात समूहले आगो लगाएको प्रहरीले बताएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्