बिराटनगरमा “वर्ड विंङस् लाइभ” हुदै , सिजन २ को लागि आवेदन खोलिने

बिराटनगरमा “वर्ड विंङस् लाइभ” हुदै , सिजन २ को लागि आवेदन खोलिने

बिराटनगरको ओबी मिडिया प्रालि र वर्ड विन्ग्सको संयुक्त प्रयास अन्तर्गतको सुरु गरिएको “ओपन स्टेज” अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब "वर्ड विंङस् लाइभ" आयोजना हुने भएको छ l उक्त कार्यक्रममा सिजन १ का बक्ताहरुले दर्शकको अगाडी प्रतक्ष्यरुपमा प्रस्तुति दिने छन् l

कार्यक्रम बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजको हलमा फागुन ५ गते शनिबार बिहान ११ बजे आयोजना हुन लागेको वर्ड विंङस् का कोअर्डिनेटर सन्दिप राउतले बताए  l साथै उक्त कार्यक्रमबाटै ओपन स्टेज सिजन २ को पनि आवेदन सुरु गरिने राउतले जानकारी दिए l कार्यक्रम हेर्न कुनै शुल्क पनि नलाग्ने राउतले बताए l

बिराटनगरको युवाहरुको प्रयासमा सुरु गरिएको यस कार्यक्रमको युटुब च्यानलमा साढे ७ हजार सब्स्क्राइबर भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्