प्रदेश १ को मुख्यमन्त्री आज नियुक्त हुने,भोली सपथ ग्रहणको तयारी

प्रदेश १ को मुख्यमन्त्री आज नियुक्त हुने,भोली सपथ ग्रहणको तयारी

सुमन सुस्केरा
विराटनगर, २ फागुन ।
१ नम्बर प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आज प्रेस बिज्ञाप्तरी जारी गर्दै प्रदेशको मुख्यमन्त्रीमा शेरधनराईलाई नियुक्त गर्दैछ । आज ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले १ नम्बर प्रदेश मुख्यमन्त्रीमा शेरधनराईलाई मनोनित गर्ने तयारी छ । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्रवार पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएका थिए । त्यसैको आधारमा प्रदेश प्रमुखको कार्यालय आजै मुख्यमन्त्रीमा शेरधनराईलाई नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले जानकारी दिनुभयो । उहाँका अनु्सार ३ बजे प्रेस विज्ञप्ती जारी गरी प्रदेशको मुख्यमन्त्री घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रदेश प्रमुखको सपथ ग्रहण भने भोली गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्