गुल्मीमा भिरबाट लडेर बृद्धको मृत्यु

गुल्मीमा भिरबाट लडेर बृद्धको मृत्यु

गुल्मी, २ फागुन । गुल्मीमा भिरबाट लडेर बुधबार एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर निवासी ६९ वर्षीय श्यामलाल अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनु भएको छ ।  शिवरात्रीको दिन मंलगबार विहान स्थानीय शिवालय मन्दिरमा गएका अर्याल राति अबेरसम्म पनि घर नफर्किएपछि बुधबार बिहान उनका आफन्तहरुले खोज्दै जाने क्रममा उनलाई मृत अवस्थामा फेला पारेका थिए । उनी फेला परेको स्थानमाथि अग्लो भिर रहेको र त्यही भिरबाट खसेको कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्