२ नम्बर प्रदेशका सभामुखले हिन्दीमा सपथ लिए

२ नम्बर प्रदेशका सभामुखले हिन्दीमा सपथ लिए

धनुषा, फागुन २ । प्रदेश नम्बर दुईका सभामुख सरोजकुमार यादवले सपथ लिनुभएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार  उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले हिन्दी भाषामा शपथ लिनुभएको हो । मंगलबार यादव सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । आज बसेको प्रदेश नम्बर २ को बैठकले त्यसलाई अनुमोदन गरेपछि प्रदेश प्रमुख कायस्थले  उहालाई सपथ ग्रहण गराउनु भएको हो ।  त्यस अवसरमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्