ताप्लेजुङको महायज्ञमा चढाईएको ५ सय नक्कली फेला परेपछि

ताप्लेजुङको महायज्ञमा चढाईएको ५ सय नक्कली फेला परेपछि

ताप्लेजुङ,  २ फागुन ।   ताप्लेजुङमा नक्कली नोट फेला परेको छ । नेपाल बैंक लिमिटेडले नक्कली नोट फेला पारेको हो । 

जिल्लाको पाथीभरा बहुमुखी क्याम्पसमा भागवत सप्ताह महाज्ञान यज्ञमा दान गरेको रकममा  ५ सय रुपैयाँको नक्कली नोट फेला परेको बैंकका खजान्सी दिपक भट्टराईले बताउनुभयो । दान गरेको रकम बैंकमा जम्मा गर्दा एउटा नोट फेला परेको भट्टराईले जनकारी दिनुभयो  । यो नोट कसले दान गरेको हो भन्ने थाहा नभएको बतार्ईएको छ ।  अहिलेसम्म जिल्लामा नक्कली नोट फेला परेको थिएन । यो पहिलो पटक फेला परेको समेत उहाँले बताउनुभयो । तर नोट भने धेरै पुरानो भएको भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्