ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

काठमाडौं, फागुन ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गने भएका छन् । चुनावको परिणाम औपचारिक रुपमा सार्वजनिक भैसकेकाले अब सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै दुवै दलले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउन लागेका हुन् ।

दिउँसोसम्ममा राष्ट्रपतिसमक्ष नाम पठाउने एमालेले जनाएको छ । ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । वाम गठबन्धनसँग संसदमा झण्डै दुई तिहाई बहुमत भएकाले ओलीको नाम स्वतः अनुमोदन हुने अवस्था छ । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको स्वरुपबारे थप निर्णय गर्ने एमाले र माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्