कटहरीमा बिधुत चोरीमा संलग्न आठ पक्राउ परे

<span class='c1'>कटहरीमा बिधुत चोरीमा संलग्न</span> <span class='c2'>आठ पक्राउ परे</span>

मोरङ, फाल्गुन ३ गते।मोरङको कटहरी गाउँपालिका ६ बाट नेपाल विधुत प्राधिकरण र प्रहरीको सँयुक्त टोलीले बुधबार राती बिधुत चोरीमा संलग्न आठ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कटहरी ६ बस्ने बर्ष २५ को जितेन सरदार,बर्ष ३५ को आनन्द सरदार, बर्ष १९ को दिलिप राजबशी, बर्ष ३५ को नितिलाल राजबंशी,बर्ष ५० को जित नारायण सरदार, बर्ष ६० को पहाडी सरदार, बर्ष ५२ को महेन्द्र सरदार र बर्ष २३ को धर्मेन्द्र सरदार रहेका छन।

विधुत चुहावट नियन्त्रण अभियान अन्तरगत प्राधिकरण विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट राती ११ बजे निस्किएको सँयुक्त टोलीले उनीहरुलाई हुकिङ गरी विधुत चोरी गरेर लगेको अवस्थामा फेला पारेको हो।

सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्