निमुवाबाट सात सय साठी वटा लागुऔषध नाईट्रोसन ट्याब्लेटसहित पक्राउ 

<span class='c1'>निमुवाबाट सात सय साठी वटा</span> <span class='c2'>लागुऔषध नाईट्रोसन ट्याब्लेटसहित पक्राउ </span>

मोरङ, फाल्गुन ३ गते ।मोरङको निमुवाबाट बुधबार ठुलो परिंमाणमा लागुऔषध नाइट्रोसन ट्याब्लेटहसहति एक जना पक्राउ परेका छन।प्रहरीले सिरहा लहान नगरपालिका ६ बस्ने प्रसय दाहाललाई ७६० पिस नाईट्रोसन ट्याब्लेटसहित बुढीगंगा गाउँपालिका ४ कोशी राजमार्गबाट पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय निमुवाबाट खटएको टोलीले साँझ ६ बजे दाहालको साथमा रहेको झोला चेकजाँच गर्दा लागुऔषध बरामद भएको उक्त कार्यालयले जनाएको छ ।

बरामद लागुऔषधसहित दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाउने तयारी भई रहेको छ ।

यता झापा मेचीनगर नगरपालिका ६ भन्सार कार्यालय अगाडीबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार दिउँसो १० वटा नाईट्रोसनसहित मेचीनगर नगरपालिका १० का अजय देवानलाई पक्राउ गरेको छ।

भारतीय बजा र पानीटंकी बजारबाट आउदै गरेका देवानलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्