डिभिजन २ काे च्याम्पियन बन्न नेपाललाइ २ सय ७८ रनकाे चुनाैती

डिभिजन २ काे च्याम्पियन बन्न नेपाललाइ २ सय ७८ रनकाे चुनाैती

नामिबियामा जारी डिभिजन २ काे प्रतियाेगिताकाे फाइनल खेलमा युएइले नेपाललाइ २ सय ७८ रनकाे चुनाैती दिएकाे छ । अहिले जारी खेलमा टस जितेर पहिले ब्याटिङका लागि अाएकाे युएइले निर्धारित ५० अाेभरकाे क्षतिमा ४ विकेट गुमाउदै २ सय ७७ रन बनाएकाे हाे ।
युएइका लागि असफाक अहमदले १ सय ७८ बल खेल्दै १ सय १४ रन बनाए । यसै गरि राेन मुस्तफाले ५१ , रहमिज सहजादले अविजित ४१ र सैमान अनवरले ४० रनकाे याेगदान दिए ।
नेपालका लागि सन्दिप लामिछानेले अाफ्नाे पुरा १० अाेभर बलिङ गर्दै ३९ रन दिदै १ विकेट लिए भने, साेमपाल कामीले ९ अाेभरमा ५६ रन दिएर १ विकेट लिए यसै गरि बसन्त रेग्मीले १० अाेभरमा ५३ रन दिदै १ विकेट लिए ।
हिजाे क्यानडालाइ हराउदै विश्वकपकाे छनाैट प्रतियाेगिताकाे लागि अाफ्नाे सिट सुरक्षित गरिसकेकाे नेपालले २ सय ७८ रनकाे चुनाैती पार गर्न सक्छ त ? याे भने अर्काे इनिङ मै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्