विराटनगरकाे अर्निकाे कलेजका विद्यार्थीले गरे १ सय ३० युनिट रगत दान

विराटनगरकाे अर्निकाे कलेजका विद्यार्थीले गरे १ सय ३० युनिट रगत दान

अर्निकाे उच्च मावि विराटनगरमा भएकाे रक्तदान कार्यक्रममा १ सय ३० जनाले रक्तदान गरेका छन् । युथ फर ब्लड र लायन्स क्लब अफ विराटनगर युनाइटेडले संयुक्त रूपमा अायाेजना गरेकाे रक्तदानमा कलेजका शिक्षक, विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए ।

बुधबार भएकाे रक्तदान सचेतना कार्यक्रम पछि अाज त्यहाँ रक्तदान कार्यक्रम अायाेजना गरिएकाे थियाे ।
कार्यक्रमलाइ लायन्स क्लब अफ विराटनगर युनाइटेडकाे तर्फबाट राजेश कार्की र युथ फर ब्लडकाे तर्फबाट रोनक अग्रवालले संयाेजन गरेका थिए ।

 

बुधबारकाे सचेतना कार्यक्रममा करिब एक हजार विद्यार्थीलाइ रक्तदान बारे सचेत गराइएकाे युथ फर ब्लड माेरङका अध्यक्ष लेसान्त सापकाेटाले बताए । उनले यस अभियानले विराटगरकाे अन्य कलेजहरूमा समेत निरन्तरता दिने अाफ्नाे याेजना गरहेकाे जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्