इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनल नजिक

इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनल नजिक

फागुन ४ । स्वीडेनको ओस्टेरसुन्डलाई हराउँदै इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रिक्वाटरफाइनल नजिक पुगेको छ ।  बिहीबार राती भएको खेलमा आर्सनलले ओसटेरसुन्डलाई ३–० ले हराउँदै प्रिक्वाटरफाइनलकाे यात्रा सहज बनाएकाे हाे  ।

नाचो मोनेरलले १३ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । २४ औं मिनेटमा आर्सनलले अग्रता दोब्बर बनायो । पापागाइनोपोलसले आत्मघाती गोल गरेका कारण आर्सनलले २–० को अग्रता लियो । पहिलो हाफमा २–० को अग्रता कायम राखेको आर्सनलले ५८ औं मिनेटमा एक गोल थप्यो । उसका लागि मेसुट ओजिलले गोल गरेका थिए ।

दोस्रो हाफकाे इन्ज्युरी समयमा ओस्टेरसुन्डले पेनाल्टीको अवसर पायो । तर सो पेनाल्टीलाई आर्सनल गोलकिपर डेविड ओस्पिनाले बचाएपछि आर्सनलले ‘क्लीनसीट’ पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्