बसको ठक्करबाट घाइते कोईरालाको उपचारका क्रममा मृत्यु

बसको ठक्करबाट घाइते कोईरालाको उपचारका क्रममा मृत्यु

सुनसरीको दुहवीमा यही फाल्गुन १ गते बसले ठक्कर दिंदा घाइते भएका सुनसरी बराह नगरपालिका ६ बस्ने पैदलयात्री ३५ वर्षीय सन्तोष कोईरालाको बिहिबार  उपचारको क्रममा ज्यान गएको छ।  फाल्गुन १ गते बिहान दुहवी नगरपालिका ३ ट्राफिक पोष्ट नजिकै ना ३ ख ९८६० नम्बरको बसले  कोईराला सहित अन्य दुई जनालाई ठक्कर दिंदा एक जनाको सोही दिन मृत्यु भएको थियो। गम्भीर घाइते कोईरालाको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।  अर्का घाइते दुहवी-४ बस्ने रविन चौधरीको न्युरो अस्पतालमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्