प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओलीको</span> <span class='c2'>जन्मथलो तेह्रथुममा दीप प्रज्वलन</span>

तेह्रथुम, फागुन ४ गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् ।

सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एमाले) प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, सल्लाहकार किशोरचन्द्र दुलाल, जिल्ला उपाध्यक्ष सञ्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना तथा उपसचिव भूपतिलाल श्रेष्ठ सहितका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गर्नुभएको छ ।

आठराई गाउँपालिका–४, साबिक इवा गाविस–२, तीनसल्लेमा अहिले पनि ओलीको जन्मघर र जग्गा रहेको छ । नेकपा (एमाले) का अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा जिल्लावासी निकै उत्साहित देखिएका छन् । यहाँ जन्मिए पनि झापालाई कार्यथलो बनाउनुभएका ओलीबाट जिल्लावासीले धेरै आशा गर्दै आएका छन् ।

जिल्लाको विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषय र अझ विशेष महत्वका राष्ट्रिय गौरवका आयोजनाको काम पूरा गर्न ओलीले प्रधानमन्त्री हुँदा भूमिका निर्वाह गर्नेमा आफू आशाबादी रहेको नागरिक समाजका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्