मोरङ, फाल्गुन ४ गते ।ईलाका प्रहरी कार्यालय रानीको टोलीले बिहिबार साँझ प्रतिबन्धित स्पास्मोप्रोक्सिवन क्याप्सुलसहित ताप्लेजुङ फुङलिङ ९ बस्ने २५ वर्षीय किशोर लिम्बुलाई पक्राउ गरेको छ।
''लागुऔषध नियन्त्रण अभियान" अर्न्तगत खटिएका टोलीले विराटनगर-१५ बाट लिम्बुलाई २१६ पिस स्पास्मोप्रोक्सिनसहित पक्राउ गरेका हुन।
लिम्बुले भारतीय जोगबनी बजारबाट किनेर सो औषधी ल्याउँदै थिए। लिम्बुलाई बरामद औषधीसहित औषधी व्यवस्था विभाग विराटनगरमा पठाईएको उक्त कार्यालयले जनाएको छ।