काठमाडौं, फागुन ४ । सुनको भाउ शुक्रबार तोलाको ५८ हजार रुपैयाँ पुगेको छ । बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँ बढेको हो ।
यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको सुन शुक्रबार भने डेढ वर्ष अघि कै भाउमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा डलर कमजोर हुनु तथा तेलको भाउ बढेकाले सुनको भाउ बढेको हो ।