विराटनगरमा जारी पुरुष भलिवल लिग च्याम्पियनसिपमा ४ बिद्यालय सेमिफाईनलमा

विराटनगरमा जारी पुरुष भलिवल लिग च्याम्पियनसिपमा ४ बिद्यालय सेमिफाईनलमा

विराटनगर, ४ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगितामा विराटनरका चार वटा स्कूल विजयी भइ सेमिफाइनलमा प्रवेश गरको छन् । विराटनगरमा शुक्रबार भएको खेलमा अरनी, मोर्डन एरा, बिकेभिएम र सगरमाथा स्कूल सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा अरनीले कान्तिपुरलाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित ग¥यो । दोस्रो खेलमा मोर्डन एराले लर्डबुद्धलाई २९–२७ र २५–१६ को सोझो सेटले हरायो । तेस्रो खेलमा बिकेभिएमले ग्रेडेडलाई २५–११ र २५–१३ को सोझो सेटले पराजित ग¥यो भने अन्तिम खेलमा सगरमाथाले जेम्स इन्टरनेशनलाई २५–८ र २५–१६ को सोझो सेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको शनिबार हुने पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा र बिकेभिए स्कूल तथा दोस्रो खेलमा सगरमाथा र अरनीको स्कूलबिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्