अन्नपुर्ण एकाडेमी स्कूलको खेलकुद प्रतियोगिता सम्पन्न

अन्नपुर्ण एकाडेमी स्कूलको खेलकुद प्रतियोगिता सम्पन्न

विराटनगर, ४ फागुन । विराटनगर ५ मा रहेको अन्नपुर्ण एकाडेमी स्कूलले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
गत मंगलबारदेखि शुरु भएको प्रतियोगितामा टेबल टेनिस , ब्याटमिन्टन, चम्चा रेस, स्याक रेस, भलिवल, प्याल्सिन रिले, धागो सिलाई रेस, फुटबल, जुस रेस र जुत्ताको लेस लगाउने लगायतको खेलहरु समावेश रहेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले जानकारी दिनुभयो ।सोहि अवसर पारेर सफ्ट टेनिस राष्ट्रिय देव, यूकेश योञ्जन र अविशेक कार्कीलाई स्कूलले सम्मान गरेको छ । उनीहरुलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष रविन नगरकोटी सम्मान गर्नुभयो ।
विजेता खेलाडीलाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष नगरकोटी, मोरङ खेलकुद विकास समितीका कोषाध्यक्ष सुयस गौतम, सप्mट टेनिस संघ मोरङका अध्यक्ष श्याम लामा, सप्mट टेनिसका राष्ट्रिय प्रशिक्षक राजेश बोहरा र स्कूलका प्रिन्सिपल अमिस रेग्मी ललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्