प्रदेश स्तरिय भलिवल प्रतियोगिता : स्ववियु कपमा तीनवटा क्याम्पस सेमिफाइनलमा

प्रदेश स्तरिय भलिवल प्रतियोगिता : स्ववियु कपमा तीनवटा क्याम्पस सेमिफाइनलमा

विराटनगर,४ फागुन ।
मोरङको सुन्दरहरैंचामा जारी प्रदेश स्तरिय प्रथम स्ववियु कप भलिवल प्रतियोगितामा आज तीनवटा क्याम्पस सेमिफाइनल प्रवेश गरेका छन् । विराटनगरको निहारिका क्याम्पस, भाषी बहुमुखी क्याम्पस झुम्का र महेन्द्र बहुमुखी क्याम्पस धरान सेमिफाइनल प्रवेश गरेका हुन् । नेहारिकाले इटहरीको जनता बहुमुखी क्याम्पसलाई २५–२२ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । सुनसरीको भाषी बहुमुखी क्याम्पस झुम्काले मोरङको बेलबारी बहुमुखी क्याम्पसलाई २५–२० र २५–२२ र महेन्द्र बहुमुखी क्याम्पस धरानले भोजपुरको भोजपुर बहुमुखी क्याम्पसलाई २५–२३ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।
आजकै खेलमा सुन्दहरैंचाको सुकुना बहुमुखी क्याम्पस झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरलाई २५–१६ र २५–१३ को सेटमा पराजित गर्दै क्याटरफाइनल प्रवेश गरेको छ । भोली हुने प्रतिष्पर्धामा सुकुना र विराटनगरको महेन्द्र आदर्श बहुमुखी क्याम्पस बीचको विजेता सेमिफाइनल प्रवेश गर्ने छ ।
प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसकै खेलमैदानमा भइरहेको छ । प्रतियोगितामा प्रदेश नम्बर १ का २९ वटा क्याम्पसको सहभागिता छ ।
प्रथम हुने क्याम्पसले ५५ हजार पाँच सय रुपैयाँ नगद र ट्रफी, दोस्रो हुनेले ३३ हजार तीन सय ३३ र ट्रफी, तेस्रो हुनेले १५ हजार पाँच सय ५५ रुपैयाँ र ट्रफी एवं सान्त्वना हुने क्याम्पसले सात हजार सात सय ७७ रुपैयाँ नगद पुरस्कार ट्रफी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्