नेविसंघको प्रदेश स्तरिय प्रशिक्षण मोरङको हरैचामा शुरु

नेविसंघको प्रदेश स्तरिय प्रशिक्षण मोरङको हरैचामा शुरु

विराटनगर, ४ फागुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेस पार्टीलाई समय सापेक्ष वनाएर अघि वढ्नुपर्ने वताउनु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचौकमा आजदेखी शूरु भएको नेविसंघको एक नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टीलाई सुदृढ बनाउन भातृ संघ संगठनहरुलाई पुर्नःजागरण गराउनु पर्नेमा जोड दिनुभयो ।
नेता कोइरालाले नेपाली कांग्रेस विधिको शासनमा चलेको पार्टी भएकाले एकलौटी रुपमा गर्ने निर्णयले पार्र्टीलाई हानी पु¥याउने वताउनुभयो । कोईरालालले नेपाली कांग्रेसलाई पाँच वर्षसम्म जनताले प्रतिपक्षमा वस्ने म्याण्डेड दिएकाले प्रतिपक्षमा वसेर गुण र दोषको आधारमा सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसलाई सगठित वनाउन पार्टी भित्रको एकता आवश्यक रहेको वताउनुभयो । चुनावमा पराजय भोग्दैमा कांग्रेस विचलित नहुने भन्दै मुलुकको सम्बृद्धी र जनताको हितका लागि कांग्रेसले कामगर्ने उहाँको जोड छ ।
कार्यक्रममा केन्द्रिय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे , प्रदिप पौडेल नेविसंघका महामन्त्री कुन्दन काफ्ले लगायतका नेताले नया सोच र समय सापेक्ष वनाएर कांग्रेसलाई अगाडी वढाउन नेविसघको भुमिका महत्वपुर्ण रहनेमा जोड दिएाक थिए ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, प्रदेशसभा सदस्य केदार कार्की, विन्दिया कार्की तथा विभिन्न जिल्लाका नेविसंघ सभापतीहरुले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल विद्यार्थी संघ क्षेत्र न ३ को आयोजनामा दुइ दिनसम्म चल्ने प्रशिक्षणमा एक नम्वर प्रदेशका १४ वटा जिल्लाका चारसय विद्यार्थी सहभागी रहेको कांग्रेसका युवा नेता ललित श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्