इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी र सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा बिश्वकै सबैभन्दा सानो मोबाइल प्रदर्शनीमा राखिने भएको हो ।
आन्तरिक तथा बाहिय पर्यटकहरूलार्इ पुराना प्रविधिहरूको संरक्षण र त्यसको फाइदाबारे ज्ञान दिन उक्त मोबाइल प्रदर्शनमा राख्न लागिएको क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए । इटहरीको जनता निम्न माविको खेल मैदानमा हुन क्यान इन्फोटेक मेलामा जम्मा १ सय २८ स्टलहरू रहने जसमा ८० प्रतिशत स्टलहरू बुकिङ भइसकेको र थप तयारी तिब्र पारिएको मेला संयोजक सन्देश रार्इले बताए ।
मेलामा एसोसिएट स्पोन्सर डिजिकम रहेको छ भने प्ल्याटनियम स्पोनसरमा बारकोड नेपाल, इटहरी इन्टरनेश्नल कलेज , गोल्ड स्पोन्सरमा ओलि एण्ड एसोसिएटस , सिल्बर स्पोन्सरमा टेक्नोस लगायत रहेको क्यान सुनसरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्