नगर विकास कोषबाट विराटनगर महानगरपालिका सबैभन्दा उत्कृष्ट

<span class='c1'>नगर विकास कोषबाट विराटनगर</span> <span class='c2'>महानगरपालिका सबैभन्दा उत्कृष्ट</span>

विराटनगर , ५ फाल्गुन ।
नगर विकास कोषले ऋणप्रवाह गरेका देशभरिका नगर मध्ये विराटनगर महानगरपालिका उत्कृष्ठ महानगरको रुपमा परेको छ । कोषको लगानीमा निर्माण भएका आयोजनाहरुको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै विराटनगर महानगर पुरस्कृत भएको हो । कोषले विराटनगर महानगरलाई सम्मान समेत गरेको छ।
कोषले विराटनगर महानगर सहित भरतपुर महानगर, शिद्धार्थ नगरपालिका र धरान नगरपालिकालाई समेत सम्मान गरेको छ । यी शहरहरुमा नगर कोषले ऋण प्रवाह गरेको छ । विराटनगरको बसस्टेन्ड निर्माणका लागि ८ करोड ४७ लाख रुपैया र सडक क्षेत्रको विकास निर्माणका लागि पनि कोषले कुल लगानीको ११ प्रतिशत रकम लगानी गरेको छ । कोषको लगानीमा निर्माण भएका आयोजनाहरुको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै महानगर पुरस्कृत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्