सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीलाई

सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीलाई

बारा,५ फागुन । सिमरा गोल्डकप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लवलाई २–० ले हराउँदै आर्मीले उपाधी जितेको हो ।

आर्मीका लागि दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे  । उपाधिसँगै आर्मीले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । यो सँगै आर्मीले यो सिजन ५ वटा  घरेलु उपाधि पनि जितेको छ । आर्मीले यसअघि २०७१ सालमा सिमरा गोल्डकपको उपाधि जितेको थियो । थ्रिस्टारले भने अहिलेसम्म सिमरा गोल्डकपको उपाधि जितेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्