अनलाईन मिडिया समुह मोरङले अनलाईन पत्रकारीतालाई मर्यादित बनाउने

अनलाईन मिडिया समुह मोरङले अनलाईन पत्रकारीतालाई मर्यादित बनाउने

प्रेम देवान
विराटनगर ५ फागुन । अनलाईन मिडिया समुह मोरङले आगामी भावी योजनाको बारेमा रणनिती र छलफल गरेर अनलाईन पत्रकारितालाई स्वाच्छ र पारदर्र्शी बनाउने निर्णय गरेको छ। पूर्वी मोरङको पर्यटकीय स्थल बेलबारीमा रहेको वेतना सिमसार क्षेत्रमा शनिवार वसेको अनलाईन समुहको पहिलो बैठकबाट विभिन्न विषयमा छलफल कार्य समिति विस्तार गर्ने देखि कार्यक्रमको योजना बनाउने समेतको निर्णय गरेको छ ।
राज्य पुनसंचना संघियतामा गएसँगै अनलाईनलाई पनि अन्यसञ्चार माध्ययम सरह अगाडि वढाउने भएको छ । साथै मोरङ जिल्लाभरि छरिएर रहेका अनलाईनलाई कानुन सम्भवत परिमार्जन गर्दै लैजान प्रोत्साहन गर्ने पनि निर्णय गरेको छ ।
यसैवीच एक नम्बर प्रदेशमा रहेका अनलाईनलाइ पनि केन्द्र स्तरका अनलाईनसँगै हातेमालो गर्दै जाने भएको छ । विराटनगरका पत्रकार तेजेन्द्र भण्डारीको अध्यक्षतामा गठित समुहले आगामी बैठक देखि १५ कार्य समिति हुने गरी सदस्य थप गरेको छ ।
मोरङमा संञ्चालन आउन लागेको पहिलो अनलाईनकी बिनु तिम्सिना र निरन्तर खबर डटकमका दिनेश गिरीलाई कार्य तदर्थ समितिमा ल्याउने निर्णय गरेको समुहका सचिव पुष्पराज थपलियाले जानकारी दिनुभयो ।
साथै अनलाईन समुहले तेजेन्द्र भण्डारीलाई केन्द्र स्तरका अनलाईनसँग समन्वय र छलफल गरि समन्वय गर्ने र मोरङका सम्पुर्ण अनलाइनहरुलाई एक जुट बनाउदै लैजानका लागि संयोजकलाई अधिकार दिने सर्व सम्मत निर्णय भएको थपलियाले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्