मोरङमा भएको बेग्लाबेग्लै सवारी दुर्घटनाबाट ६ जना घाइते

मोरङमा भएको  बेग्लाबेग्लै सवारी दुर्घटनाबाट ६ जना घाइते

विराटनगर, ६ फाल्गुन ।
मोरङको दुई बेग्लाबेग्लै स्थानमा शनिबार साँझ भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्। लेटाङ्ग नगरपालिका ६ मिलन चोकमा को ३ प ९२७९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री लेटाङ ६ का ६० वर्षिय कृष्णसुर्य मगर र उहाँकी श्रीमती ५८ वर्षिय राममाया मगर घाइते हुनु भएको छ । घाईतेको लेटाङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुन्दर–हरैचा नगरपालिका ९ बुधबारे चौकमा को २३ प ७२५० र को २० प ६६२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा एकै परिवारका चार जना घाइते भएका छन। घाइतेहरुमा को २३ प ७२५० नम्बरका चालक सुन्दर–हरैचा–९ बस्ने ३४ वर्षीय भेष कुमार खड्का, पछाडी सवार उहाँकी श्रीमती २७ बर्षिय सृजना ठकुरी, ५ बर्षिय छोरी सानदी खड्का र सालो नाता पर्ने १२ वर्षीय लजिव शाही रहेका छन । घाइते चारै जनालाई सामुदायिक अस्पताल विराटचौकमा उपचार गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्