लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

झापा, ६ फागुन।
झापाको काकडभिट्टाबाट खैरो हिरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका १२ बस्ने २२ बर्षिय सन्तोष नेपाललाई आठ सय मिलिग्राम खैरो हिरोईनसहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका ६ मेची पुलबाट पक्राउ परेका नेपाल सहित अर्का एकजनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । मेचीनगर नगरपालिका १५ बस्ने १९ बर्षिय भुवन सुब्बालाई चार सय मिलिग्राम खैरो हिरोईनसहित पक्राउ रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुबै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्