मकवानपुरमा सवारी दुर्घटना :तीन जनाको ज्यान गयो

<span class='c1'>मकवानपुरमा सवारी दुर्घटना :तीन</span> <span class='c2'>जनाको ज्यान गयो</span>

हेटौंडा,६ फागुन । हेटौंडाका विभिन्न स्थानमा गएराति भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । हेटौंडा–११, नवलपुरमा गएराति मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको हो । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ४५ प३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।घटनामा नवलपरासी सुनवलका प्रेम क्षेत्री  र चितवन भरतपुर महानगरपालिकलाका–११, का मायाँ क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौँडा–१४, कुखरेनी खोला नजिक गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा हेटौंडा १४ कुख्रेनीका ट्याक्टरका सह–चालक सोमबहादुर लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्