कटहरीबाट भारतीय बोइलर कुखुरा बरामद 

कटहरीबाट भारतीय बोइलर कुखुरा बरामद 

मोरङ, फाल्गुन ६ गते । कटहरीबाट प्रहरीले शनिबार ३० वटा भारतीय बोइलर कुखुरा बरामद गरेको छ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुरासहित को १ ह ६८२७ नम्बरको सिटी सफारी नियन्त्रणमा लिइएको हो।

वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएका प्रहरीले साँझ ५ बजेतिर कटहरी गाउँपालिका ४ नयाँबजारमा सिटी सफारीमा बोइलर कुखुरा बोकेको भेटेपछि अनुसन्धान गर्दा सो कुखुरा भारतबाट ल्याएको फेला परेको थियो।

बरामद कुखुरासहित सफारी चालक मोरङ ग्रामथान गाउँपालिका २ बस्ने श्यामराम सरदारलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय हाटखोलामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्