विराटनगर थर्ड लायन्स मल्टिपल फेस्टिभल सम्पन्न

विराटनगर  थर्ड लायन्स मल्टिपल फेस्टिभल सम्पन्न

विराटनगर, ६ फागुन ।
विविध कार्यक्रम आयोजना गर्दै विराटनगरमा लायन्स मेला सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशल ३२५ एवानको आयोजनामा थर्ड लायन्स मल्टिपल फेस्टिभल नाम दिइएको मेला सम्पन्न भएको हो । देशभरिका लायन्स क्लब र सो क्लबका भातृ संस्थाहरुको सहभागिता रहेको फेस्टिभलमा लायन्स क्लबका गर्भनर र पदाधिकारीहरु सहभागि भएका छन । सन १९७१ मा मातृका प्रसाद कोइरालको नेतृत्वमा विराटनगरमै पहिलो पटक नेपाली लायन्स क्लबको जन्म भएकाले देशभरिका लायन्स क्लबका पदाधिकारीहरुले अत्यन्त महत्वका साथ मेलामा सहभागि भएको आयोजक संस्थाका गर्भनर लिला ढुंगेलले जानकारी दिनुभयो । एकदिने सो कार्यक्रमको बिहानै प्रभात फेरीको आयोजना गरिएको थियो । स्थानिय आदर्शस्कुल परिसरबाट झांकी सहित निकालिएको प्रभातफेरीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो । विराटनगर महानगरपालिकामा प्रभातफेरीको समापनपछि स्थानीय दिल्ली पब्लिक स्कुलमा विविध कार्यक्रम आयोजना गरिएको लायन बिजयहरि शर्माले जानकारी दिनुभयो । सो ठांउमा क्वीज,खेलकुद र बिजनेस सेमिनार आयोजना गरिएको थियो । बार्षिकरुमा आयोजना गरिने यसअघिका फेस्टीभल चितवन र पोखरामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्