मुलुकभर प्रत्येक दिन तीन महिला बलात्कृत

मुलुकभर प्रत्येक दिन तीन महिला बलात्कृत

काठमाडौँ ।  पछिलो समया बलाल्कारको घटनाहरु धेरै नै आउने गरेको छ । प्रत्यक दिन मुलुकभर तीन महिला बलात्कृत हुने गरेका छन् । यो त बहिर आएको घटना मात्रै हो । बलाकार थरेर गुपचुप राख्ने घटना त कति छन् कति ।

बलात्कारको घटना प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका बलात्कृत हुने गरेका छन् । त्यसपछि १० वर्ष उमेरसम्मका बालिका बलात्कृत भएका घटना धेरै छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी बलात्कृत हुने संख्या पनि त्यत्तिकै धेरै छ । त्यसपछि १९ देखि २५ वर्षसम्मका युवती बलात्कृत हुने गरेका छन् । २६ देखि ३५ वर्षसम्मका महिला पनि बलात्कृत हुने गरेका छन् । त्यसबाहेक ३६ देखि ४५ र ४५ वर्षभन्दामाथिका महिलासमेत बलात्कारको सिकार हुने गरेका छन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार गएको ४२ महिनामा मुलुकभर ३ हजार ७ सय ३० महिला बलात्कृत भए । बलात्कृत हुनेमा १० देखि १६ वर्ष उमेरका बालिका एक हजार १ सय ९४ छन् । यस अवधिमा १० वर्षसम्मका ७ सय ४६ बालिका बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका किशोरी ४ सय १० जना बलात्कृत भए । बलात्कृत भएका बाँकी १ हजार ३ सय ७९ जना भने २० वर्षभन्दामाथिका महिला हुन् ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बलात्कृत हुनेमा सबैभन्दा धेरै संख्या बालिकाको रहेको बताए । उनले भने, ‘तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै बालिका बलात्कृत भएको देखिन्छ । त्यसपछि किशोरी बलात्कृत भएका छन् । बलात्कृत हुने युवतीको संख्या पनि धेरै छ । त्यसबाहेक बलात्कृत हुने महिलाको संख्या भने तुलनात्मक रूपमा केही कम देखिन्छ ।’

 साढे तीन वर्षमा देशभर तीन हजार सात सय ३० महिला बलात्कारको सिकार भएका छन् । जसमध्ये दुई हजार ३५० त बालिका मात्रै छन् ।

यो संख्या प्रहरीसमक्ष पुगेका घटनाको मात्रै हो । बालिकामाथि हुने कतिपय यौनशोषणका घटना सामाजिक प्रतिष्ठा गुम्ने डरले परिवारभित्रै लुकाइन्छ । पीडित नै बोल्न डराउँछन् । कतिपय घटना पीडकको प्रलोभनमा परी गुपचुप राखिन्छ ।

कुन वर्ष कति बलात्कृत ?

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३र७४ मा मुलुकभर १ हजार १ सय ३१ महिला तथा बालिका बलात्कृत भए । यो संख्या आघिल्लो आर्थिक वर्षको तुलनामा ४२ ले धेरै हो । अघिल्लो अर्थात् आव ०७२र७३ मा मुलुकभर एक हजार ८९ महिला तथा बालिका बलात्कृत भएका थिए । आव ०७१र७२ मा भने मुलकभर ९ सय ८१ महिला तथा बालिका बलात्कृत भएका थिए । त्यसपछिको आर्थिक वर्षमा भने यो संख्या १०८ ले बढेको छ । आर्थिक वर्ष ०७४र७५ को ६ महिनामा मात्रै मुलुकभर ५ सय २९ महिला तथा बालिका बलात्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्