माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन

माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ ।  आईतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको पहिलो बैठकले दलको नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो ।

बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनले पार्टी एकताका लागि केही सैद्धान्तिक र केही बैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको उनले जानकारी दिइन् ।

सरकारमा समर्थन जनाईसकेकाले पार्टी एकतामा बाँकी रहेका विषयको टुंगो लगाई राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरु लगायत पदबारे प्याकेजमा सहमति भएपछि मात्रै सरकारमा  सहभागी हुने बताइन् ।

संसदीय दलको नेतामा चयन भएपछि बैठक स्थलबाट बाहिरिँदै गर्दा अध्यक्ष दाहालले छिटै पार्टी एकताको टुंगो लाग्ने बताए । “एकताको कुरा गर्न जाँदैछु,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्