इरानमा ६० जना यात्रु बोकेको विमान दुर्घटना

इरानमा ६० जना यात्रु बोकेको विमान दुर्घटना

६ फागुन  । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्