विराटनगरको घिनाघाटमा बस दुर्घटना २२ जना घाईते ।

विराटनगरको घिनाघाटमा बस दुर्घटना २२ जना घाईते ।

विराटनगर, ६ फागुन
बिराटनगर महानगरपालिका १९ स्थित घिनाघाट नजिकै आईतबार बिहान भएको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार २२ जना घाईते भएका छन् । बिहान बिराटनगर बिराटचौक सडक खण्डमा यात्रु लिएर बाहुनीबाट बिराटनगर आउँदै गरेको को. १ ख. ३६६२ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएका १८ जनालाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर लगिएको छ । ३ जनाको अबस्था गम्भीर छ । अन्य ४ जना घाईतेहरुको कोशी अंञ्चल अस्पताल बिराटनगरमा उपचार भईरहेको अस्थायी प्रहरी चौकी घिनाघाटले जनाएको छ । बसका चालक घिनाघाट प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्